२६ भदौ,काठमाडौँ । साताको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि अघिल्लो दिन बिहीबार सुनको भाउ तोलामा ३ हजार ४०० रुपैयाँले बढेर ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, यो हप्ताको सुरुआतदेखि नै सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। बुधबार तोलामा ३ हजार रुपैयाँ घटेर ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार भने ३ हजार ५०० रुपैयाँले बढेर ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको थियो। हप्ताको दोस्रो दिन सोमबार तोलामा २ हजार ४०० रुपैयाँले घटेर ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा पहिलो दिन आइतबार ३ हजार १०० रुपैयाँले घटेर ३ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदीको भाउ तोलामा २५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर