साजिर मन्सूर
कलैया,भदौ २६
बाराको अग्रणी गैर सरकारी संस्था जनजागरण युवा क्लबले आफ्नो २८ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । कलैयाको करण राज प्यालेसको सभा हलमा कार्यक्रम सम्पन्न भएको संस्थाको कार्यकारी निर्देशक श्रीनिवास बैठाले जानकारी गराएका छन । बैठाले नै संस्थाको बार्षिक प्रगती प्रतिबेदन पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती बाराका प्रमुख नरेन्द्र साहले यो संस्था हरेक छेत्रमा गर्दै आएको योगदानको प्रसंशा गरेका छन । खासगरी शिक्षा छेत्र अत्यन्तै लथालिङ्ग भएको बेला पनि जनजागरण अत्यन्तै सराहनीय काम गरेको बताए । बार्षिक साधारणसभा गरेर संस्था ले आफ्नो पार्दशिता देखाएको भन्दै सफलताको कामना गरे ।

कार्यक्रमका बिशिस्ट अतिथी एवम संस्थाका सस्थापक अध्यक्ष भैयाराम यादवले संस्थाले २८ बर्षे आफ्नो जिवनमा अनेक खालका समाजिक कार्य गरेको बताएका छन । यादवले समाजिक कार्य हरदम गर्दै आएको यो संस्था सबै नेपालिको साथी बनेको बताएका छन ।
अध्यक्ष यादवले संस्थाको मुख्य उदेश्य नै अधिकारको प्रयोग, कर्तव्यको भावना, आपसी सम्मान र पारस्परिक सहअस्तित्वको माध्यमबाट सबै नागरिकलाई न्यायपूर्ण, शान्तिपूर्ण, समृद्ध र सम्मानजनक जीवन यापनको बाताबरण निर्माण गर्नु रहेको बताए । अध्यक्ष यादवले आज सम्मको यात्रा तय गर्नमा सहयोग पुर्याएको ज्ञात अज्ञात सबैमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत सबैको सहयोग र माया स्नेहको लागि आग्रह गरेका छन ।
अध्यक्ष यादवले शान्ति, समृद्ध र न्यायपूर्ण नेपालका पक्षमा सरोकारवाला र कर्तव्य वाहकहरूलाई अधिकारकर्मीमा स्रोत, सीप र सूचना हस्तान्तरण मार्फत समाजको विकास र वृद्धि जनजागरणको चाहना भएको बताए । संस्थालाई दर्ता गराउन शुरुवाती समयमा खाजाको पैसा लगाएर सहकर्मिहरुले सहयोग गरेको स्मरण गरे । उनले जेजेवाईसी मेरो पहिलो सन्तान हो भने । संस्था लाई सधै मार्गनिर्देशन गर्ने सबैलाई धन्यवाद दिए । संस्थाको पारदर्शिता नै सबैभन्दा मजबुत अस्त्र भएको र यसमा छाती ठोकेर जेजेवाईसी अगाडी रहेको बताउन चाहेको भने ।
यादवले केवल भौतिक पुर्वाधार बिकास हैन मानव बिकास सूचकांक मा वृद्धि गर्न यो संस्था अगाडी रहेको बताए । सन्स्थाले हालै रसुवागढी बाढी प्रभावितका लागि श्रद्धाञ्जली ब्यक्त गर्दै पिडितलाई नगद ५१ हजार १ सय ५१ रुपैया सहयोग गरेको र यस्ता मानविय समाजिक कार्यमा सदैव अगाडी रहने बताएका छन । स्थापना कालदेखी नै संस्थाले मान्छेको धारणा र बिचार परिवर्तन गर्नु सबैभन्दा ठूलो परिवर्तन भएको मान्दै सोही अनुरुप कार्य अगाडी बढाउदै लगिएको जानकारी गराए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पास्वानले जिल्लाका विभिन्न समस्या सङ्ग जुधेर नागरिकका लागि आवस्यक कार्यक्रम गर्दै आएको जेजेवाईसिलाई धन्यवाद दिए ।जेजेवाईसिका सफलताका कथाहरुबाट आफू हर्षित भएको पास्वानले बताए । समाज परिवर्तन का निमित यो संस्था अत्यन्तै सराहनीय कार्य गर्दै अगाडि बढेको प्रसंशा गरे । देशका अन्य चर्चित संस्था भन्दा यो संस्था पछाडि नरहेको उल्लेख गरे। संस्थाले आगामी दिनमा सन्चारकर्मी र सन्चार छेत्रका लागि समेत कार्यक्रम ल्याउन सुझाव दिए ।

सो अवसरमा जनजागरण युथ क्लब (JJYC) का कोषाध्यक्ष सियाराम यादवले संस्थाको आय ब्यय प्रस्तुत गर्दै यो संस्था प्रदेश १ को मोरङ लगायत मधेस का सबै जिल्ला (पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिराहा, सप्तरी र महोत्तरी) मा कार्यरत राष्ट्रिय स्तरको गैरसरकारी, गैरनाफामूलक, स्वतन्त्र संस्था रहेको जानकारी गराए ।

संस्थाका कार्यवाहक अध्यक्ष राजदेव प्रसाद साहले तराई/मधेश समुदायमा परिवर्तन ल्याउने जोशले प्रेरित तत्कालिन तेलकुवा गाविसका युवाहरूको एउटा समूहले सन् १९९८ मा गठन भएको जेजेवाईसीले दिगो जीविकोपार्जन, उद्यमशीलता र गरिबी निवारण, स्वास्थ्य खानेपानी सरसफाइमा काम गर्दै आएको जनाए ।
स्वच्छता, शान्ति प्रजातन्त्र र सुशासन, शिक्षा, महिला सशक्तिकरण र वकालत, विपद् जोखिम न्यूनीकरण र मानवीय सहयोग लिङ्ग र सामाजिक समावेशीकरण, जलवायु परिवर्तन ग्रहण, युवा सशक्तिकरण र सुरक्षित बसाई क्रस कटिङ मुद्दाहरू सहित प्रमुख रणनीतिक विषयको रूपमा, केही सूचीबद्ध गर्न तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको आर्थिक सहयोगमा सामाजिक रूपमा वञ्चित र सीमान्तकृत समुदायहरूको दिगो सामाजिक-आर्थिक सशक्तिकरण र विकास हासिल गर्न संस्था निरन्तर अगाडी बढिरहेको साहले जनाएका छन ।

उत्कृष्ट कर्मचारीहरुलाई बिशिस्ट अतिथिहरुले सम्मानपत्र कदर पत्र हस्तान्तरण गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर