२६ भदौ, काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान, पार्टी विधान र अदालतको फैसलाका कारण १५औँ महाधिवेशन तोकिएको समयभन्दा एक घण्टा पनि नसर्ने स्पष्ट पारेका छन्। असोज ३ र ४ गते वडा अधिवेशन तथा असोज १६ गतेबाट महाधिवेशनको प्रक्रिया सुरु हुने जानकारी दिँदै उनले महाधिवेशनबारे कुनै पनि अलमलमा नपर्न नेता-कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

महाधिवेशनलगत्तै नागरिकसँगको सम्बन्ध सुदृढ बनाउन र आन्तरिक एकता कायम राख्न ७७ वटै जिल्लामा पुग्ने बताउँदै थापाले संगठन सुदृढीकरणका लागि आफूले आवश्यकताअनुसार नरम र निर्मम दुवै नीति लिने स्पष्ट पारे।

यसैगरी, कार्यक्रममा उनले वर्तमान सरकार तथा प्रधानमन्त्रीको आर्थिक नीति र निजी क्षेत्रप्रतिको दृष्टिकोणको कडा आलोचना गरे। सरकारले स्पष्ट आर्थिक प्राथमिकता तय गर्न नसकेको र निजी क्षेत्रलाई विश्वासमा नलिएको आरोप लगाउँदै उनले २०४६ सालपछि अपनाइएको खुला तथा उदार अर्थतन्त्रको नीतिकै कारण मुलुकको आर्थिक विकास सम्भव भएको स्मरण गराए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर