कलैया । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ।

हालसम्म उक्त भेरिएन्ट नेपालमा फेला नपरेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको पनि मन्त्रालयले जनाएको छ ।

‘कोभिड-१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न हुन तथा सावधानी अपनाउनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ, ‘ विज्ञप्तिमा भनिएको छ। 

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘नयाँ देखिएको यो भेरिएन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सबै निकाय तिव्र रुपमा एक भएर काम गरिरहेको अवस्था छ ।’

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर