प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रङ्क र डेडिकेटेड लाइनको महसूल विवादमा उद्योगको लाइन काट्न नहुने कुरा दोहोर्‍याउनुभएको छ ।

प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एकातिर बिजुली खेर जाने र अर्कोतिर उद्योगको बिजुली काट्नु गलत भएको बताउनुभएको हो । उद्योग बन्द हुँदा कामदार बेरोजगार हुनेदेखि उद्योगका उत्पादनको बजार नै मासिने जोखिम रहेको उहाँले बताउनुभयो ।

२२ अर्ब रुपैयाँ महसूल उठाउनुपर्नेमा अहिले ६ अर्ब रुपैयाँमा किन झारेको भन्दै ओलीले प्रश्न गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गरेर आक्रोश पनि पोख्नुभएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर