साजिर मन्सूर
कलैया,साउन १



नेपाल प्रेस युनियनको केन्द्रिय सदस्यमा बारा शाखाका पुर्व अध्यक्ष रबिन्द्र सिंह मनोनीत भएका छन । कलैया ७ बरेवाका सिंहको केन्द्रिय सदस्यमा मनोनीत भएसङ्गै उनलाई समाजिक सन्जालमा बधाई दिनेको लर्को लागेको छ ।
आज केन्द्रिय कमिटिले नेपाल प्रेस युनियनको विधान २०४८ (छैटौ संशोधन २०७९) को धारा (२१) को (झ) बमोजिम उनलाइ केन्द्रिय सदस्य मनोनीत गरेको छ । सिंह सङ्गै देशभरबाट अन्य ५ जनालाई सो पदमा मनोनित गरिएको केन्द्रिय महासचिव दिलिप पौडेलले जनाएका छन ।पौडेल ले शिव पुरी (रौतहट),पोषनाथ अधिकारी (धादिङ्ग),बिनोद कुमार मल्ल (मुगु),रविन्द्र सिंह (बारा),जित बहादुर भण्डारी (पाँचथर),दिपेन्द्र बस्नेत (कञ्चनपुर) लाई केन्द्रीय समितिमा मनोनित भएका हुन।
केन्द्रिय महासचिव पौडेलले नेपाल प्रेस युनियनको बिधानको सिमा भित्र रहेर युनियनको मुल्य, मान्यता, आर्दश र प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रको विकासका लागि केन्द्रीय सदस्यहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्न शुभकामना दिएका छन । यता सिंह संगठनले गरेको बिश्वास प्रती कृतज्ञता जाहेर गर्दै विधि बिधान अनुसार संगठन निर्माण र अनुशासन पालना गराउनेमा आफुले ध्यान दिने बताएका छन ।









