२० भदौ, काठमाडौँ । बाढीका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङ र हेडवर्क्स क्षेत्रबाट ६ जनाको शव फेला परेको छ ।

कुकुर तथा आधुनिक उपकरणको प्रयोग गरी गरिएको खोजीका क्रममा सल्लेटारमा फेला परेका शवहरूलाई नेपाली सेनाले बट्टार पुर्‍याएको छ । बाढीअघि १,४३३ जना कार्यरत सो आयोजनामा हालसम्म ८७६ जनाको उद्धार भएको छ भने अझै ५५१ जना सम्पर्कविहीन छन् ।

यसैगरी, रसुवागढी आयोजना स्थलमा खराब मौसम र नदीको बढ्दो बहावका कारण धुन्चे पुर्‍याइएका मेसिनरी उपकरणहरू विद्युतगृहसम्म लैजान नसक्दा उद्धार कार्य अघि बढ्न सकेको छैन ।

उता माथिल्लो त्रिशूली थ्री ‘बी’ बाट १९१ जना अझै बेपत्ता छन् भने माथिल्लो त्रिशूली थ्री ‘ए’ को विद्युतगृहमा फसेका २ जनाको २१६ घण्टापछि सकुशल उद्धार गरिएको छ । लाङटाङ खोला आयोजनाका ३९ जना, चिलिमेका ६ जना, मैलुङखोलाका ७ जना र रसुवा भोटेकोशीका ४ जना अझै सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर