२० भदौ, बारा । नेकपा एमाले निकट नेशनल भोलिन्टिएर फोर्स र राष्ट्रिय युवा संघ नेपालको संयुक्त आयोजनामा रसुवाका बाढीपीडितका लागि राहत सामग्री संकलन गरी टोली रसुवातर्फ प्रस्थान गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल बारा जिल्ला अध्यक्ष सद्दाम अन्सारीका अनुसार, बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले आवश्यक राहत सामग्री संकलन गरी टोली प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।

राहत टोलीलाई नेकपा एमाले बारा जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे, पार्टी प्रदेश कमिटी तथा मधेश प्रदेशका माननीय रबिन्द्र दास श्रेष्ठ र पार्टी उपसचिव जवाहिर अंसारीले बिदाइ गरेका हुन् ।

राहत संकलन तथा अभियानमा मोहन लामिछाने, राम यादव, हरिओम साह, सुजित गिरी, जय किशुन यादव, समिता शर्मा, माया स्याङ्बो र जितेन्द्र साहलगायत सहभागी छन् । टोलीले रसुवा पुगेर बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्ने जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर