२१ भदौ, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।



त्यस्तै, चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिन ४ हजार ७ सय ६५ रुपैयाँ रहेको थियो ।








