२२ भदौ, बारा । वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरपालिका-७ छातापिपरामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

सोमबार पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ च २२७७ नम्बरको जिप अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिएर पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक पर्साको वीरगञ्ज महानगरपालिका-३० प्रसोतीपुरका २२ वर्षीय जैमुदिन अन्सारीको उपचारका क्रममा परावनीपुरस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका जिपका सहचालक पर्सा विश्रामपुर गाउँपालिका-९ का २० वर्षीय स्वयमभुला अन्सारीको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर