२३ भदौ,काठमाडौँ। लगातार दुई दिन घटेको सुनचाँदीको भाउमा मंगलबार उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको छ। यसअघि आइतबार र सोमबार गरी सुनको मूल्यमा गिरावट आएको थियो।



सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १०० रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ।









