२३ भदौ, काठमाडौं।ऐतिहासिक जेन जी (Gen Z) आन्दोलन र त्यसक्रममा भएको बलिदानीको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले “प्रिय जेन जी, सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली” भन्दै देशमा पारदर्शी र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता दोहोर्याएका हुन्।



भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको माग राख्दै युवा पुस्ताले सुरु गरेको सोही आन्दोलनको जगमा देशको राजनीतिक र प्रशासनिक वृत्तमा ठूलो परिवर्तन आएको थियो।









