२४ भदौ, बारा। कलैया उपमहानगरपालिकामा पोषणसम्बन्धी व्यवहार, सामाजिक मूल्य–मान्यता तथा प्रभावकारी कार्यक्रमहरूको सहभागितामूलक प्रमाणिकरणसम्बन्धी कार्यशाला आयोजना गरिएको छ।

युरोपियन युनियनको सहयोगमा सञ्चालित EU Nutrition: CHANGE Project अन्तर्गत आयोजित कार्यशालामा स्थानीय समुदायमा देखिएका पोषणसम्बन्धी व्यवहार, सामाजिक मूल्य–मान्यता तथा पोषण सुधारका लागि प्रभावकारी गतिविधिबारे छलफल तथा प्रमाणिकरण गरिएको हो।
कार्यशालाको उद्देश्य स्थानीय स्तरमा विद्यमान पोषणसम्बन्धी व्यवहार र सामाजिक मान्यताहरू पहिचान गरी त्यसलाई सुधार गर्न आवश्यक प्रभावकारी उपायहरूबारे सरोकारवालाबीच साझा बुझाइ निर्माण गर्नु रहेको आयोजकले जनाएको छ।

CHANGE परियोजना बारा जिल्लासहित मधेस प्रदेशका विभिन्न जिल्लामा पोषणसम्बन्धी सेवा तथा सकारात्मक व्यवहार प्रवर्द्धनमा केन्द्रित रहेको छ। परियोजनामा बागमती वेलफेयर सोसाइटी नेपाल, Action Against Hunger, WaterAid Nepal लगायत संस्थाहरूको सहकार्य रहेको छ।
कार्यशालाबाट प्राप्त सुझाव र निष्कर्षलाई आगामी पोषणसम्बन्धी कार्यक्रम तथा गतिविधि थप प्रभावकारी बनाउन उपयोग गरिने अपेक्षा गरिएको छ।
कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शैलेश महतोले मधेस प्रदेश नै अन्नको भन्डार भनेर चिनिएपनी प्रदेश पोषणको छेत्रमा अत्यन्तै कमजोर अवस्था रहेको बताएका छन । महतोले पुड्कोपना,रक्त अल्पताको समस्या अत्यन्तै बढी रहेको बताएका छन ।

WaterAid Nepal संस्थाका धिरेन्द्र भुजेलले कार्यशालाको सहजीकरण गरेका थिए । भुजेलले मधेशमा पुड्कोपनाको अवस्था ३१.१ प्रतिशत रहेकोमा देशमा २६.२ प्रतिशत रहेको जनाएका छन । मधेसमा कुपोषण ७.४ प्रतिशत र देशमा ६.६ प्रतिशत भएको बताए ।

बागमती सेवा समाजको परियोजना प्रबन्धक शशी बर्मा ,कलैया उपमहानगरपालिकाका बाताबरण शाखा प्रमुख एनामुल हक अन्सारी,बागमती सेवा समाजको जिल्ला परियोजना सम्योजक सौरभ सिंह,बारा नागरिक समाजका प्रतिनिधि,धार्मिक अगुवा,बिषयगत शाखाका प्रमुख लगायतकाको उपस्थिति रहेको श्वास्थ्य शाखा कलैयाको कोमल साहले जानकारी गराईन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर