२४ भदौ,कलैया।बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले वडा नम्बर ८ को नवनिर्मित वडा कार्यालय भवनको बुधबार एक विशेष कार्यक्रमबीच रिबन काटेर औपचारिक उद्घाटन गरेका छन्।
जिल्ला समन्वय समिति बारा, कलैया उपमहानगरपालिका र वडा नम्बर ८ को संयुक्त आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको हो। स्थानीय स्वर्गीय शुभरत्न श्रीवास्तवकी पत्नी सुमित्रा कुमारीले दान गर्नुभएको १५ धुर जग्गामा उक्त वडा कार्यालय भवन निर्माण गरिएको वडा अध्यक्ष रञ्जित चौरसियाले जानकारी दिए।



उद्घाटन समारोहमा नगर प्रमुख साहका साथै प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कडेल, शिक्षा शाखा प्रमुख राजीवकुमार यादव, विभिन्न वडाका वडा अध्यक्षहरू, वडा सदस्यहरू तथा वडा सचिव रामजी मण्डल महतो लगायतका कर्मचारी एवम् सर्वसाधारणको उपस्थिति रहेको थियो।









