२५ भदौ,भक्तपुर। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै देशभरका जिल्ला र गाउँ भ्रमणमा निस्कने घोषणा गरेका छन्।

बुधबार १३३ औं बीपी जयन्तीका अवसरमा नेपाली कांग्रेस भक्तपुरद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भ्रममा परेका कार्यकर्ताहरूलाई आफ्नो पक्षमा ल्याउन देशव्यापी अभियान चलाउने बताएका हुन्।

कार्यक्रममा सम्बोधन गर्दै पूर्वसभापति देउवाले पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतबाट आफूहरूलाई पूर्ण न्याय मिल्ने विश्वास व्यक्त गरे। उनले विशेष महाधिवेशनका क्रममा प्रतिनिधिहरूको सनाखत नै नभएको र दबाबका बीच निर्णयहरू भएको दाबी गरे।

यस्तै, विदेशमा उपचार गराएर स्वदेश फर्कँदा जनता र कार्यकर्ताबाट प्राप्त सहयोग तथा मायाप्रति आभार प्रकट गर्दै देउवाले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर