२५ भदौ,काठमाडौँ। नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन (बुधबार) सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले वृद्धि भएको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ निर्धारण गरेको छ, जुन अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ रहेको थियो।












