२६ भदौ , बारा। बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट एक अज्ञात पुरुष पैदलयात्रीको मृत्यु भएको छ।

बिहीबार राति करिब ९:१० बजे गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले ठक्कर दिँदा करिब २२/२३ वर्षीय युवक गम्भीर घाइते भएका थिए। उनलाई प्रादेशिक अस्पताल कलैयामा प्राथमिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा राति १०:३५ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए।

मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। करिब ५ फिट ६ इन्च उचाइ, पातलो शरीर, दायाँ हातमा बाला, कालो भेस्ट र निलो पाइन्ट लगाएका मृतकको शव हाल एलएस न्युरो अस्पतालमै राखिएको छ। दुर्घटनामा संलग्न सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले मृतकका आफन्त वा चिन्नुहुने व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय बाराका नम्बरहरू ९८५५०४८१०१, ९८५५०४५१०१ र ९८५५०४५७६६ मा वा नजिकको प्रहरी कार्यालयमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर