२६ भदौ,वीरगन्ज : पर्साको जिराभवानी गाउँपालिका–२ महादेवपटी नजिकैको राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिराभवानी–२ काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारु रहेका छन्।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका अनुसार गत बुधबार बिहान १० बजे
घरबाट घाँस काट्न जंगल गएका थारु रातिसम्म नफर्किएपछि परिवार र आफन्तले उनको खोजतलास सुरु गरेका थिए। खोज्ने क्रममा शुक्रबार बिहान सब-डिभिजन वन कार्यालय बसन्तपुरबाट करिब ५०० मिटर भित्र जंगलमा उनको शव बाघले मारेको अवस्थामा फेला परेको हो।

घटनाको पुष्टि गर्दै पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले मृतक थारुको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिएका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर