२६ भदौ,महोत्तरी। महोत्तरीको बलवा नगरपालिका–७ बनौटास्थित अशोक ठाकुरको घरको सेफ्टी ट्यांकीमा २५ वर्षीय विवेक सरदारको बीभत्स हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ। मृतक विवेक भंगहा नगरपालिका–६ बिर्जौनीका बासिन्दा हुन्।

रक्षाबन्धनको दिनदेखि बेपत्ता रहेका विवेकको शवलाई टुक्राटुक्रा पारी सेफ्टी ट्यांकीभित्र राखेर माथिबाट बालुवा र सिमेन्टले पलास्टर गरिएको पाइएको प्रहरीले जनाएको छ। परिवारजनको उजुरीपछि खोजी गर्दा उनको अन्तिम मोबाइल लोकेसन र फोन कल दिपेन्द्र ठाकुरकी श्रीमतीको नम्बरमा देखिएको थियो।

शंकाका आधारमा प्रहरीले बिहीबार घरधनी अशोक ठाकुर र उनका छोरा दिपेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा हत्याको रहस्य खुलेको हो। वैदेशिक रोजगारीबाट हालै फर्केका दिपेन्द्रकी श्रीमती र विवेकबीच चिनजान तथा हिमचिम रहेको र सोही कारण फोन गरेर घरमै बुलाई हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान जारी राखेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर