२७ भदौ, काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय कार्यालयले असोज ३ गतेदेखि सुरु हुन लागेको वडा अधिवेशनमा सहभागी हुनका लागि क्रियाशील सदस्यहरूको सदस्यता शुल्क तोकिएको समयभित्र बुझाउन सम्बन्धित जिल्लाहरूलाई निर्देशन दिएको छ।
केही जिल्लाहरूले अझै क्रियाशील सदस्यता शुल्क बुझाउन बाँकी रहेकाले भाद्र ३१ गते अपरान्ह ५:०० बजेभित्र अनिवार्य रूपमा केन्द्रमा बुझाइसक्न भाद्र २७ गते आन्तरिक परिपत्र जारी गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित प्रेस नोटमा उल्लेख छ।



पार्टीको वैधानिक व्यवस्था अनुसार नियमानुसार सदस्यता शुल्क भुक्तानी गरेपछि मात्रै सदस्यता कायम हुने र यसरी कायम भएका सदस्यहरूले मात्रै आसन्न वडा अधिवेशनमा सहभागी हुन पाउने कुरा प्रेस नोटमार्फत थप स्पष्ट पारिएको छ।










