२८ भदौ, बारा। बाराको कलैया उपमहानगरपालिका–४ अदालत रोडमा गए राति दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गए राति करिब १० बजे कलैयाबाट गञ्जभवानीपुरतर्फ जाँदै गरेको म.प्र.०३-०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बि आर ०५ ए भि ६१३६ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा भारतीय मोटरसाइकलका चालक स्थानीय ३५ वर्षीय साहेब देवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। गम्भीर घाइते देवानलाई उपचारका लागि एल.एस. न्यूरो अस्पताल परवानीपुर पुर्‍याइए पनि चिकित्सकले राति १०:४० बजे मृत घोषित गरेका थिए। मृतकको प्रादेशिक अस्पताल कलैयामा पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइएको छ।

दुर्घटनामा अर्को मोटरसाइकलका चालक करैयामाई गाउँपालिका–७ का ३५ वर्षीय डिके चौधरी गम्भीर घाइते भएका छन् भने पछाडि सवार १६ वर्षीय अन्जित चौधरी मध्यम घाइते भएका छन्। उनीहरू दुवैको एल.एस. न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार