२८ भदौ, बारा ।जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ५ बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका तीन जना बालबालिका एकाएक बेपत्ता भएका छन्। भारत घर भई हाल बकुलियामा बस्दै आएका पासवानका छोराछोरी भदौ २८ गते अपराह्न करिब ५:०० बजेको समयबाट हराएका हुन्।

हराउनेहरूमा ५ वर्षका धिरज पासवान, ७ वर्षकी सुन्दरी पासवान र १० वर्षकी काजल पासवान रहेका छन्। प्रहरीका अनुसार तीनै जना बालबालिका गहुँगोरो वर्णका छन्। बेपत्ता हुँदा धिरजले खैरो जिन्स पाइन्ट र पहेँलो सर्ट लगाएका थिए भने उनको खुट्टामा चप्पल छैन। त्यस्तै सुन्दरी र काजल दुवै जनाले सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल लगाएका छन्।

बालबालिकाहरूको खोजी कार्य तीव्र पारिएको जनाउँदै जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई कसैले देखेमा वा फेला पारेमा तुरुन्तै प्रहरीको फोन नम्बर ९८५५०४८१०१ वा ९८५५०४५१०१ मा वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिन सर्वसाधारणमा हार्दिक अनुरोध गरेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर