प्रतिबन्धित लागुऔषध गाँजासहित वीरगन्जबाट एकजना पक्राउ परेका छ । पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली घर भएको र हाल बिरगंज – १६ मा बस्दै आएका ३० वर्षीय पवन यादव रहेका छन ।
विशेष सुराकीको आधारमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरिको संयुक्त टोलिले भाडामा लिएर बस्दै आएको कोठाको खानतलासी गर्दा गाँजा फेला परेपछि उनलाई पक्राउ गरेको हो ।
उनलाई प्रहरीको हिरासतमा राखेर लागुऔषध सम्बन्धि कसुरमा थप अनुसन्धान भईरहेको छ ।







