बिश्वास सम्बाददाता
कलैया,माघ २४
द अग्रवाल फाउन्डेसनको आर्थिक सहयोगमा निर्मित गोपाल अग्रवाल संस्कृत छात्रावासको एक समारोहका बिच समुद्घाटन गरिएको छ । फाउन्डेसनका अध्यक्ष छात्रावास समुद्घाटन तथा दाता सम्मान कार्यक्रमका प्रमुख अतिथि डा.बज्रङ्गलाल अग्रवालले गर्नुभएको छ। प्रमुख अतिथि अग्रवालले अनुशासित ,सुसंस्कारयुक्त ,सीपमूलक शैक्षिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले आफुले शैक्षिक विकासका लागि फाउन्डेसनले शिक्षा क्षेत्रमा लगानी गरेको हुँदा यसतर्फ समाज,अभिभावक र सरोकारवालाहरुको ध्यान जानुपर्नेमा जोड दिए । कार्यक्रमका विशिष्ट अतिथि बारा क्षेत्र नम्बर ३ख का प्रदेश विधायक महम्मद समीरले श्री सिद्धेश्वर संस्कृत माविको शैक्षिक ,भौतिक विकासमा सक्दो सहयोग गर्ने बताए । यता पूर्व विधायक पारस प्रसाद साहले अग्रवाल फाउन्डेसनको लगानी संरक्षणमा आफूले सक्दो सहयोग गर्ने बचन बद्धता सहित संस्कृत छात्रावासको दोस्रो र तेस्रो तला निर्माण गरी संस्कृत शिक्षाको उन्नयनमा पुर्याएको योगदान अनुकरणीय एवं प्रशंसनीय रहेको बताउनुभयो ।
उक्त अवसरमा संस्कृत छात्रावास निर्माणमा महत्त्वपूर्ण योगदान दिने अग्रवाल फाउन्डेसनका अध्यक्ष डा.बजरङ्ग अग्रवाल,सचिव पवन अग्रवाल,आशिष अग्रवाल,हर्षिता खान अग्रवाल,अमित अग्रवाल र कलैयाका निरञ्जन अग्रवाललाई सम्मान पत्र सहित मायाको चिनो प्रदान गरिएको छ । विद्यालयमा अध्ययनरत छात्र-छात्राले संस्कृतमा स्वागत गीत ,वैदिक स्वस्ति वाचन ,गीत,नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका शिक्षक/शिक्षिका ,अभिभावक र स्थानीय बुद्धिजीवीको सहभागितामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणीन्द्रनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रधानाध्यापक छविरमण सुवेदीले गरेका थिए । कार्यक्रमको सञ्चालन शान्तिराम मिश्रले गरेका हुन ।







