साजिर मन्सूर
कलैया,चैत २०
खेल र खेलाडीको बिकासका लागि परवानिपुर गाउपालिकामा रहेको बुनियाद खेल परिषरको स्तरोन्नति गर्ने मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयस्वालले बताएका छन । आज बिहान परवानीपुर गाउँपालिकामा दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ को उदघाटन गर्दै प्रमुख अतिथि समेत रहेला उनले यस्तो बताएका छन । बुनियाद खेल मैदानमा आवस्यक पर्ने खेल पुर्वाधारका लागि आवस्यक पर्ने बजेट बिनियोजन गर्ने बताएका हुन ।
परवानीपुर गाउँपालिकाले दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ का लागि यस अघि नै खेल सामाग्री वितरण गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले युवाहरुलाई अनुशासनमा राख्दै दक्ष नागरिक बनाउन खेलकुदको बिकास जरुरी रहेको बताए ।
सो अवसरमा पुर्व संघीय युवा तथा खेलकुद मन्त्री एकबाल मिया,प्रदेश सान्सद महमद समीर,रबिनदास श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार,एमाले नेता मोबिन आलम,किशान महासंघ का केन्द्रिय महासचिव उमेश गुप्ता, हरेक वडाका अध्यक्ष,गाउँ सभा सदस्य,स्थानिय नागरिक खेलप्रेमी को उपस्थिति रहेको थियो ।







