साजिर मन्सूर
बारा,कार्तिक १२
नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य मेघा शाहीले पार्टीको केन्द्रीय सदस्य पदको शपथ लिएकी छन्। काङ्ग्रेस द्वारा आयोजित पद तथा शपथ ग्रहण कार्यक्रम पछि बिश्वास एफएम सङ्ग कुरा गर्दै उनले नेपाली कांग्रेसमा युवा पुस्ताको आकर्षण बढाउने र महिलाहरूको पहिलो रोजाइको पार्टी बनाउने दिशामा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
शाहीले नेपाली कांग्रेसलाई युवाहरूको आशा, विश्वास र सहभागिताको केन्द्र बनाउनुका साथै महिलाहरूको हक, अधिकार, सम्मान र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएकी छन्। पार्टीभित्र युवा तथा महिला सहभागिता बढाउँदै उनीहरूलाई नेतृत्व तहसम्म पुर्‍याउन आफूले भूमिका खेल्ने उनको भनाइ छ।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी शाही नेपाल विद्यार्थी संघमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी छन्। विद्यार्थी राजनीतिबाट प्राप्त अनुभवलाई पार्टी संगठन सुदृढीकरण र नयाँ पुस्तालाई राजनीतिमा जोड्न उपयोग गर्ने उनको प्रतिबद्धता छ।
नेपाली कांग्रेसलाई समयअनुसार परिवर्तन गर्दै युवाका मुद्दा, महिलाका सवाल र सामाजिक न्यायका विषयलाई प्रभावकारी रूपमा उठाउन आवश्यक रहेको शाहीको धारणा छ। उनले पार्टीलाई जनताको अपेक्षाअनुसार अघि बढाउन संगठनभित्र सक्रियता, समावेशिता र जिम्मेवार नेतृत्वमा जोड दिने बताएकी छन्।
शाहीको केन्द्रीय सदस्य पदको जिम्मेवारीसँगै पार्टी संगठनमा युवा तथा महिलाको सहभागिता विस्तार, नेतृत्व विकास र जनतासँगको सम्बन्ध सुदृढ बनाउने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर