साजिर मन्सूर
कलैया,चैत २३
सम्बिधान सभा सदस्य एवम नेबि संघका पुर्व केन्द्रिय अध्यक्ष काङ्ग्रेस प्रभावशाली युवा नेता रन्जित कर्ण ले काङ्ग्रेस नेता तथा नेबि संघका नेताहरु सङ्ग समसामयिक बिषयमा बृहत अन्तरक्रिया गरेका छन । पर्साको बिरगंजमा गरिएको अन्तरक्रियामा नेता कर्णले काङ्ग्रेस भित्रको हरेक गुट उपगुट अन्त्य गरि अगाडि बढ्नुपर्ने धारणा राखेका छन । कुनै नेता वा गुटको परिचयबाट नभैइ नेपाली काङ्ग्रेसको सिद्धान्त र बिचारबाट जनतालाई आकर्षित गर्ने बाटोमा दृढ भएर बढ्न कर्णले जोड दिएका छन । उनले लामो समय देखि भएको मधेस प्रदेश भित्रको गुट उपगुट अन्त्य गराउन केन्द्रीय नेतृत्व ईमान्दार भएर लाग्नुपर्ने आग्रह गरेका छन । चुनावमा गठबन्धन गरेर पुराना नेता कार्यकर्ता माथी अन्याय मात्र नभएर सिङ्गो काङ्ग्रेस कमजोर पार्ने कार्य भएको भन्दै उनले अब यस्तो स्वीकार नहुने बताएका छन । नेपाली काङ्ग्रेसको नेतृत्वमा मधेस सरकार भए मात्र सुशासन र समृद्धि आउनेमा कर्ण बिश्वस्त देखिएका छन ।
सो अवसरमा काङ्ग्रेस नेता प्रदेश सभा सदस्य श्याम पटेल,बिरगंज महानगरपालिकाका उप मेयर तथा नेबि संघ पुर्व केन्द्रिय सदस्य ईम्तियाज आलम,काङ्ग्रेस नेता मुनिन्द्र नेपाली,काङ्ग्रेस युवा नेतृ प्रीयन्का दास,राजेश सिंह,अफ्तर मन्सूर,रामाकान्त साह,मनोहर साह,बारा पर्साका काङ्ग्रेस नेता तथा नेबि संघ का नेताहरुको उपस्थिति रहेको थियो ।







