साजिर मन्सूर
कलैया,कार्तिक १४
श्री भाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कलैयाको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कलैया उपमहानगरपालिका–१, बारास्थित संस्थाको साधारणसभा शनिबार बारा उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजना गरिएको हो।
सभामा बोल्दै संस्थाका अध्यक्ष रामानन्द प्रसाद यादवले सहकारी संस्थालाई पारदर्शी, व्यवस्थित र सदस्य केन्द्रित बनाउनुपर्नेमा आफुहरुको जोड रहेको र सोही अनुरुप अगाडी बढेको बताए । यादवले सहकारीको मूल मर्मअनुसार सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिका लागि काम गर्नुपर्ने धारणा सबैको रहेको र सोही अनुसार संस्था लागेको बताए । सहकारी सन्कट पुर्ण रुपमा गुज्रिएको भएपनी हामिले ब्यवस्थापन गरेर अगाडि बढेको बताए । सन्स्था आफैमा पुर्ण नहुने भएकोले सन्स्थाका सदस्यहरु ईमान्दार भएर लाग्नुपर्नेमा जोड दिए । मेरो सबै शेयर धनिले सहयोग गरेकाले संस्था प्रगती तर्फ लम्केको बताए । उनले मेरो अन्तिम कार्यकाल भएकोले पनि संस्थाको बिकासका लागि मेरो सबै थोक लगाउने बताए ।
संस्थाको नारा ‘भाग्य लक्ष्मीको चाहना : बारा समृद्धिको कामना’ रहेको छ।
संस्थाका अध्यक्ष रामानन्द प्रसाद यादवको अध्यक्षतामा भएको सभामा संस्थाका पदाधिकारी, सञ्चालक समिति, शेयर सदस्य,सन्चारकर्मिहरु तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
साधारणसभामा संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति, बचत तथा ऋण कारोबार र आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।
सन्स्थाले गरिब र युवाहरुलाई सहज आय आर्जनका निमित ऋण सहयोग गर्नुपर्ने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पास्वानले सन्चालक समितिलाई आग्रह गरे ।
साधारणसभामा सन्स्थाको कुल नाफा ६ लाख २४ हजार ८ सय ८ रुपैया रहेको लेखा सम्योजक रबिन्द्र गिरिले जनाए ।
सन्स्थाको पुजि २ करोड ५९ लाख ३२ हजार ७ सय
कुल सम्पत्ति ७ करोड २७ लाख ४३ हजार ८ सय ४७ रहेको गिरिले जनाए । गिरिका अनुसार बिभिन्न कोषमा १५ लाख ९७ हजार २ सय ४२ रुपैया जम्मा रहेको छ । कर्जा नोक्सान ब्यवस्थामा २१ लाख ९९ हजार ३ सय ९७ जम्मा रहेको गिरिले बिश्वास खबरलाई जानकारी गराएका छन । संस्थामा १ हजार शेयर सदस्य रहेको र चालू आवको अन्त्य सम्म यसलाई ११ सय पुर्याउने योजना रहेको गिरिको भनाई छ ।
संस्थाको उपाध्यक्ष मुकेश कुश्वाहाले स्वागत गरेको कार्यक्रमको सन्चालन संस्थाका सचिव चुमनबाबु केवटले गरेका थिए ।












