बिश्वास सम्बादाता 

बरहथवा, २९ गते चैत 

नेपाली अर्थतन्त्रलाई मजबुत बनाउन कथबनियाँ समाजकाे योगदान महत्त्वपूर्ण रहेकाे मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र)ले बताएका छन् । सर्लाहीकाे बरहथवामा आयाेजित नेपाल कथबनियाँ सेवा समाजकाे तेस्रो राष्ट्रिय महाधिवेशनकाे प्रमुख अतिथि रहेका उनले यस्ताे बताएका हुन् ।

उनले भने-कथबनियाँ एउटा यस्तो समाज हाे । जसले सुशासन र याे देशलाई व्यवस्थित गर्नकाे निमित्त ठूलाे याेगदान रहेकाे छ । याे याेगदानलाई म सम्मान गर्न चाहन्छु ।

आजकाे महाधिवेशन बाट कथबनियाँ समाज आफनाे अधिकारकाे लागि अझ सशक्त रूपमा अगाडि बढाेस् भनी आफनाे चाहना रहेको बताए ।

महाधिवेशनकाे सफलताको लागि शुभकामना व्यक्त गर्दै उनले सर्वसहमती बाट नयाँ नेतृत्व चयन हुनेमा जोड दिए । नयाँ नेतृत्वले समाजकाे हकहितको लागि राम्राे काम गर्ने छ भनी आफू आशावादी रहेको उनले धारणा राखे ।

यस्तै कार्यक्रममा पूर्व रक्षामन्त्री हरिप्रसाद उप्रेतीले कथबनियाँ समाजले तिर्ने राजश्व बाट सरकारलाई पाल्ने समाज रहेकाे बताएका छन् । त्यसकारण हामी याे समाजकाे उन्नति प्रगति का शुभ चिन्तक भएको बताए ।

सर्लाहीको बरहथवामा नेपाल कथबनिया समाजको तेस्रो राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको हो ।

 

महाधिवेशनमा मधेश प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवाल लगायतले उद्घाटन सत्रमा आफनाे धारणा राखेका थिए । समाजकाे महाधिवेशन भोलीसम्म चल्ने छ । शनिबार हुने बन्दसत्र बाट नयाँ नेतृत्व चयन हुनेछ ।

यता सो समाजकी एक ससक्त युवा महिला प्रीयन्का दासलाई सम्मानित गरिएको छ । दासले अहिले समाजका विभिन्न खालका कुरिती लाई टोडेर कथबनिया समाजको महिलाहरुको लागि उदाहरण बनेकी छन । कमै उमेरमा उनले नेपाली सन्चार छेत्रमा योगदान दिन सफल भएको भन्दै समाजले उनलाई सम्मानित गरेको हो । दास नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष,ब्रोडकास्टिङ्ग एशोसिएसन अफ नेपालको केन्द्रिय सदस्य,बानको पुर्व प्रदेश कोषाध्यक्ष एवम बाराको चर्चित रेडियो बिश्वास एफएम को संस्थापक हुन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर