साजिर मन्सूर
कलैया, बारा ।
“सांकेतिक भाषाको अधिकार बिना मानव अधिकार सम्भव छैन” भन्ने मूल नाराका साथ राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा द्वारा आयोजित रास्ट्रीय भेला र २९ औ बार्शिक साधारणसभा मा देशभरका ५५ जिल्लाका बहिरा सहभागी भएका छन । कलैयाको करण राज प्यालेसमा भएको भेलाको लागि बिहानै नगर परिक्रमा गरिएको छ । अधिकारसम्बन्धी जनचेतनामूलक र्याली कलैयामा सम्पन्न भएको छ।
र्यालीमा बहिरा समुदायका व्यक्तिहरू, अधिकारकर्मी, सामाजिक अभियन्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
र्यालीमार्फत बहिरा समुदायले सांकेतिक भाषालाई व्यवहारिक रूपमा लागू गर्न, शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवामा पहुँच सुनिश्चित गर्न तथा नीति निर्माणको हरेक तहमा बहिरा समुदायको सहभागिता सुनिश्चित गर्न माग गरेका छन्। सहभागीहरूले बहिरा व्यक्तिहरूलाई अपाङ्गताको रूपमा मात्र नभई भाषा र संस्कृतिको रूपमा बुझ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहले संविधान र कानुनमा उल्लेख भएका बहिरा अधिकारहरू कार्यान्वयनको चरणमा कमजोर देखिएको उल्लेख गर्दै स्थानीय तहदेखि संघीय सरकारसम्म स्पष्ट नीति, बजेट र कार्यक्रम आवश्यक रहेको बताए।
उक्त जनचेतनामूलक र्याली राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा, स्थानीय व्यवस्थापन तथा विभिन्न संघ–संस्थाको सहकार्यमा सम्पन्न भएको हो। आयोजकका अनुसार यस्ता कार्यक्रमले बहिरा समुदायप्रति समाजको दृष्टिकोण परिवर्तन गर्न र अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
रास्ट्रीय बहिरा संघ का केन्द्रिय अध्यक्ष संतोष केशीको अध्यक्षता एवम जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह,जितपुर सिमरा उपमहानगरपालिका उप मेयर भोला अधिकारी,प्रसौनी गापा अध्यक्ष बिनोद जयस्वाल,बारा गढी गापा अध्यक्ष अशोक जयस्वाल,बिश्रामपुर गापा प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरी,परवानिपुर गापा उपाध्यक्ष वडा नम्बर २६ का अध्यक्ष धर्मेन्द्र यादव,८ का अध्यक्ष रन्जित चौरसिया,अपांग संघ बाराका अध्यक्ष गङ्गा वाग्ले,प्रहरी निरीक्षक दिपक, रास्ट्रीय अपाङ्ग महासंघ का केन्द्रिय अध्यक्ष तथा एबिलिज फाउन्डेसन का नेपाल प्रतिनिधि बिरेन्द्रराज शर्मा पौडेल,
रास्ट्रीय सान्केतिक भाषा दोभासे संघ का अध्यक्ष टिकाराम लामिछाने,,रास्ट्रीय अपांग महासंघ का केन्द्रिय सदस्य सुनिल कुमार यादव,नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सिकेन्द्र पास्वान,मधेस प्रदेश सदस्य साजिर मन्सूर सहित सन्चारकर्मिहरुको समेत उपस्थिति रहेको थियो ।
आज उदघाटन शत्र पछि बन्द शत्र शुरु हुने आयोजकले जनाएको छ ।







