साजिर मन्सूर 

कलैया,माघ २८

प्रभावकारी नेतृत्वका लागि केवल कम उमेर पर्याप्त नहुने भन्दै राजनीतिक नेतृत्वमा दूरदर्शी भिजन, स्पष्ट योजना र विकासमुखी सोच अनिवार्य रहेको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य रामानन्द यादवले बताएका छन्।बारा ३ मा उम्मेदवार रहेका पार्टी का केन्द्रिय सह महामन्त्री तथा प्रभावशाली काङ्ग्रेस नेता फर्मुल्लाह मन्सूरको भोट माग्न कलैया १८ मोतिसर पुगेका यादवले घरदैलोमा जनता सङ्ग कुरा गर्दै यस्तो बताएका छन । उनले राष्ट्र निर्माणको जिम्मेवारी सम्हाल्ने व्यक्तिमा अनुभव, नीतिगत स्पष्टता र दीर्घकालीन सोच हुनुपर्नेमा जोड दिए।

उनका अनुसार पछिल्लो समय केवल युवापनलाई मात्र समाजिक सन्जालमा प्राथमिकता दिने प्रवृत्ति बढ्दो देखिए पनि देशको समग्र विकासका लागि योजनाबद्ध कार्यदिशा र व्यवहारिक क्षमता तथा धैर्यता सङ्गै अनुभव अझ महत्वपूर्ण हुन्छ। “उमेर कम हुँदैमा सबै थोक सम्भव हुँदैन, देश चलाउन दृष्टिकोण, अनुभव र विकासको स्पष्ट रोडम्याप चाहिन्छ,” यादवले भनेका छन ।

यादवले राजनीतिक दल तथा नेतृत्वले जनतासामु विश्वासिलो कार्यक्रम प्रस्तुत गर्न नसके देश अपेक्षित गतिमा अघि बढ्न नसक्ने चेतावनी पनि दिए। उनले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार र पूर्वाधार विकासलाई केन्द्रमा राखेर दीर्घकालीन नीति बनाउने क्षमता यो क्षेत्रमा केवल फर्मुल्लाह मन्सूर सङ्ग रहेकाले सबै जनताले रुखमा भोट दिएर उनलाई बहुमतले जिताउन आग्रह गरेका छन ।

काङ्ग्रेस उम्मेदवार मन्सूर सक्षम, इमान्दार र दूरदर्शी नेतृत्व भएकोले उनी मार्फत मात्र मुलुकलाई समृद्धि र स्थायित्वको दिशामा अघि बढाउन सकिने उल्लेख गर्दै जनताले पनि सोचेर नेतृत्व चयन गर्नुपर्ने धारणा व्यक्त गरे।

राजनीतिक वृत्तमा यादवको यो अभिव्यक्तिलाई अनुभव र भिजनयुक्त नेतृत्वको आवश्यकता सम्बन्धी महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ। हरेक दिन काङ्ग्रेसको पक्षमा जनलहर बढ्दै गएको हरेक चौक चौराहामा चर्चा हुन थालेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार