साजिर मन्सूर
बारा, बैशाख २५
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा सूचनामूलक बनाउन उद्देश्यले कलैया उपमहानगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सञ्चार माध्यम परिचालन सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कलैया उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको नगर प्रमुख बिनोद साहले ब्यानर पढेर उदघाटन गरेका थिए । वैदेशिक रोजगारीमा जाने युवायुवतीले सही सूचना लिएर मात्र विदेश जानुपर्ने, गैरकानुनी माध्यमबाट हुने जोखिमबाट जोगिनुपर्ने तथा सुरक्षित वैदेशिक रोजगारीका प्रक्रिया अपनाउनुपर्नेमा प्रमुख अतिथि समेत रहेका साहले भने ।
कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा सरोकारवालाहरुलाई वैदेशिक रोजगारसम्बन्धी सही सूचना आम नागरिकसम्म पुर्याउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण भएको सामिका जिल्ला सम्योजक सरोज सिंहले जनाएका छन । कलैयामा बिगत ६ बर्षदेखी सन्चालनमा रहेको यो कार्यक्रम अन्तरगत वैदेशिक रोजगारीका क्रममा हुने ठगी, मानव बेचबिखन, श्रम शोषण लगायतका समस्याबारे पनि बिभिन्न जानकारी गराइएको थियो।
“स्वदेश मै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम (SaMi) सम्बन्धी जानकारी सिंहले प्रस्तुत गरेका थिए ।
सिंहले वैदेशिक रोजगारमा जान चाहनेले सीप लिएरै जानुपर्ने,श्रम स्वीकृति लिनुपर्ने,भरपाई तथा प्रमाण लिने,काजगपत्रको सुरक्षा कसरी गर्ने बुझ्ने,नेपालको बिमानस्थल प्रयोग गर्नुपर्ने र सहयोगी संस्थाहरुको ठेगाना बारे जानकारी लिएरै वैदेशिक रोजगारमा जान जोड दिए ।
यो सङ्गै बितिय साक्षरता,मनोसमाजिक परामर्श समेत उपलब्ध गराउने गरिएको बताए ।
कार्यक्रम कलैया उपमहानगरपालिकाको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा उपप्रमुख रौशन प्रविण,कार्यपालिका सदस्य कल्पना नेपाल सहित जिल्लाका ३० जना पत्रकारहरुको उपस्थिति रहेको थियो ।







