साजिर मन्सूर
कलैया,कार्तिक १६
बाराको कलैयामा एशिया ईन्टरनेशनल ग्रुपको उदघाटन भएको छ । सिनेमा हल रोडमा सन्चालनमा आएको ट्राभल एन्ड टुर को क्षेत्रमा आधुनिक सेवा दिने तैयारी साथ खुलेको ग्रुपले ग्राहकलाई सहज र सुलभ रुपमा सेवा दिने सन्चालक मुम्ताज आलम अन्सारीले जानकारी दिएका छन । सन्चालक अन्सारी का अनुसार यहाबाट रास्ट्रीय अन्तरास्ट्रिय हवाई टिकट बुकिङ्ग,होटेल बुकिङ्ग,भिजा सम्बन्धी विभिन्न सेवा,गाडी भाडा,ट्राभेल ईन्सुरेन्स,श्रम सम्बन्धि काम,बिदेशमा अध्ययनका लागि शैक्षिक भिसा लगायतका काम समेत गरिने भएको छ ।
अर्का सन्चालक नसरुल्लाह अन्सारीले यहाबाट मेरो साईबर जोन को समेत सेवा सन्चालन गरिने जसमा भारतको कुनैपनी स्थानमा आउ जाउगर्न सहज ट्रेन टिकेट बुकिङ्ग,होटेल बुकिङ्ग गरिने जनाएका छन । उनले अहिलेको समयमा सम्पुर्ण किसिमका सेवा बसि बसि प्राप्त गर्न सकिने भएकोले सबैलाई सेवाको मौका दिन आग्रह गरेका छन ।
स्थानिय समाजिक अगुवा,भद्र भलादमी हरुले सामुहिक रुपमा रिबन काटेर यसको बिधिबत उदघाटन गरेका छन । सो अवसरमा महमद ईजराईल अन्सारी,बन्सी मिया अन्सारी,ए प्लस हस्पिटल का संचालक डा.बिकेश पान्डे,कलैया उपमहानगरपालिका वडा नम्बर २७ का सदस्य आलम अन्सारी,हसनजान मिया अन्सारी,नेपाली कम्युनिस्ट पार्टीका मधेस प्रदेश सदस्य अब्दुलेश अन्सारी,औषधि ब्यवसायी संघ बाराका अध्यक्ष फिरोज अन्सारी,मोज्दिन मिया अन्सारी,हबिब मिया,सकुर मिया,मनिर अन्सारी,मनिफ अन्सारी,साहिल हवारी,मुन्ना साह,असरफ अलि,नुरे एलाही,जिसान,अलिमन्जर खान लगायतकाको उपस्थिति रहेको थियो ।












