बिश्वास सम्बादाता
बारा,मङ्सिर १
बाराको पचरौता नगरपालिकामा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको संख्या दिनानुदिन बढ्दै गएको छ। आज वडा नम्बर ५ का रुपेश पण्डित र वडा नम्बर ६ का दिनेश रौनियारसहित विभिन्न व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेको जिल्ला सचिव राजेश रौनियारले जनाएका छन।
आज आयोजित एक कार्यक्रमबीच नवप्रवेशीहरूलाई रौनियारले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन्।
जिल्ला सचिव रौनियारले नेपाली कांग्रेसको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यताप्रति विश्वास व्यक्त गर्दै पार्टीमा आबद्ध भएका सबैलाई संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। उनले सबैलाई एकताबद्ध भएर पार्टीको संगठनलाई वडा हुँदै नगर स्तरसम्म थप मजबुत बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी स्थानीय नेताहरूले पनि पार्टी संगठन विस्तार, कार्यकर्ताबीच आपसी एकता र आगामी दिनमा कांग्रेसका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
पार्टी प्रवेश कार्यक्रममा पचरौता नगर सभापति इन्जाद अन्सारीले काङ्ग्रेस मय नगर बनाउन युवाहरु सङ्ग निरन्तर सम्बाद र सहकार्य बढाईरहेको बताएका छन । अन्सारीले अहिलेको समयमा युवाहरुको आकर्षण गगन थापा तर्फ बढ्दै गएको र बदलिएको काङ्ग्रेस ले नै देशलाई बिकास र समृद्धि को बाटोमा लग्ने भएको महसुस युवाहरुले गरिसकेको बताएका छन । सो अवसरमा युवा नेता सुनिल यादव, सुमित श्रीवास्तव लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

पछिल्लो समय पचरौतामा विभिन्न राजनीतिक दल तथा समूहबाट व्यक्तिहरू नेपाली कांग्रेसमा आबद्ध हुन थालेपछि स्थानीयस्तरमा पार्टीको संगठन विस्तार गतिविधिले गति लिएको देखिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर