बिश्वास सम्बादाता
कलैया,कार्तिक २९
बाराको सदरमुकाम कलैयामै चोरीका घटना बढ्दै जाँदा सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठ्न थालेको छ। यसपटक चोरको निशानामा परेका छन् महागढिमाई नगरपालिका वडा नम्बर ९ का अध्यक्ष दिलिप शुक्लाकै घर। गएराती जिल्ला सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित टिभिएस सो रुम को पश्चिम् रहेको गढिमाई रोडमा रहेको अध्यक्षको घरबाट अन्दाजी १५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ।
वडा अध्यक्ष शुक्ला हिजो बेलुका हिन्दु समुदायको महान पर्व छठ पुजाको लागि वडाको हरेक नागरिक सङ्ग मिलेर छ्ठ मनाउने र घाटको ब्यवस्थापन मा लाग्न पैत्रिक गाउँ मा गएको मौका छोपी उनको घरमा रहेको मुख्य चैन गेट र अन्य गेटको ताल्चा फोडेर चोरी भएको उनले गुनासो गरेका छन । उनले कलैयाको मुख्य चौक बाट यति नजिक रहेको घरहरु सुरक्षित नभएपछी गाउँ बस्तिका घर कसरी सुरक्षित हुन्छ भन्दै प्रशासन सङ्ग गुनासो गरेका छन । उनले घरमा रहेको पैतृक गरगहना,भर्खर केही दिन अगाडी छोराको व्रत बन्ध गर्दा कोशेलिमा आएका लाखौका नया नया लत्ताकपडा गरि सबै चोरी भएको बताएका छन ।

जनताको सुरक्षा, शान्ति र सुव्यवस्था कायम गर्ने जिम्मेवारी बोकेको जनप्रतिनिधिकै घरमा लाखौँको चोरी हुनु आफैँमा गम्भीर विषय हो। सर्वसाधारणको घर, पसल र सम्पत्तिको सुरक्षा कस्तो होला भन्ने प्रश्नसमेत यस घटनाले खडा गरेको शुक्लाको आरोप छ।
सदरमुकामजस्तो संवेदनशील क्षेत्रमा समेत चोरले खुलेआम चुनौती दिइरहेका छन् भने सुरक्षा निकायको निगरानी र गस्ती प्रभावकारी छ कि छैन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।
वडा अध्यक्षकै घर सुरक्षित छैन भने आम नागरिकले आफ्नो घर–परिवार र सम्पत्तिको सुरक्षाको भरोसा कसरी गर्ने?
घटनाको निष्पक्ष अनुसन्धान गरी चोरीमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न तथा कलैया बजार र आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाउन स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्।
यता आजै प्रहरिले स्थलगत अनुगमन मुचुल्का गरि आवस्यक अनुसन्धान थालेको जनाएको छ ।
अब प्रश्न एउटै छ—कलैयामा चोरको मनोबल बढेको हो कि सुरक्षा व्यवस्थाको मनोबल घटेको हो?

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर