साजिर मन्सूर
कलैया,कार्तिक २७
बारा जिल्लामा मतदानस्थल तथा मतदान केन्द्रको व्यवस्थापन तथा सिफारिसका विषयमा छलफल गर्न जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक आयोजना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, कलैया बाराको समन्वय तथा जिल्ला निर्वाचन कार्यालय, बाराको आयोजनामा बैठक सम्पन्न भएको हो।
सम्पुर्ण राजनितीक दलको सहभागितामा भएको बैठकमा जिल्लाभित्रका मतदानस्थल तथा मतदान केन्द्रको अवस्था, आवश्यकता, उपयुक्तता र मतदातालाई सहज रूपमा मतदान गर्ने वातावरण निर्माण गर्ने विषयमा छलफल गरिएको छ।
मतदाताको पहुँच, भौगोलिक अवस्था तथा निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र सहज बनाउन मतदानस्थल तथा मतदान केन्द्रको सिफारिस महत्वपूर्ण मानिन्छ।
बैठकमा बाराका प्रजिअ खडानन्द अधिकारी,गिरीराज गौतम (प्रमुख सेनानी),नरेन्द्र कुवर(प्रहरी उपरीक्षक)विशाल सिलवाल (स.प्रहरी उपरीक्षक),सरोज निरौला (उप अनुसन्धान निर्देशक), सम्बिधान सभा सदस्य रामचन्द्र प्यासी,रास्वपा बाराका नेता डा.सुशील साह,नेपाली काङ्ग्रेस बाराका प्रतिनिधि साजिर मन्सूर ,पुरुषोतम साह(प्रवक्ता नेकपा (एमाले),जसपा नेपाल बारा अध्यक्ष रमेश कुमार यादव,नेमकिपा बारा अध्यक्ष मुक्ति यादव,जनमत पार्टी बारा अध्यक्ष शिवनाथ पटेल,रास्वपा सुवर्ण गापा का नेता धर्मवीर प्रसाद यादव,नेपाली कम्युनिस्ट पार्टीका नेता बतहु यादव लगायतकाको उपस्थिति रहेको थियो ।












