बिश्वास सम्बादाता
कलैया,कार्तिक २०
बारा सदरमुकाम कलैयामा सामाजिक सेवाको भावनासहित सञ्चालन हुँदै आएको निशुल्क कपडा बैंकले ८० जना बालबालिकालाई कपडा वितरण गरेको छ। कलैया ज्ञान बाटिका एकाडेमी प्राली कलैया ४ का कक्षा प्ले ग्रुप देखि कक्षा ५ सम्मका आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार बालबालिकालाई महान पर्व दिपावली एवम छठ लक्षित गरी आयोजित कार्यक्रममा ८० जना बालबालिकालाई विभिन्न प्रकारका कपडा हस्तान्तरण गरिएको हो।
धनतेरस का दिन सबै बालबालिकालाई चकलेट दिएर माला लगाई कपडा सहित दिपावली र छ्ठ पर्वको शुभकामना दिदै सो कपडा बितरण गरिएको हो । कार्यक्रममार्फत बालबालिकाको आवश्यकता पूरा गर्न तथा उनीहरूको मुहारमा खुसी ल्याउने उद्देश्यले कपडा वितरण गरिएको बैंकका संरक्षक एवम नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूरले जानकारी गराए ।
मन्सूरले यसरी बिधालयहरुमा समेत कपडा बितरण गरेपछी बालबालिका लाई बिधालयमा टिकाईरहनमा समेत यसले सहयोग पुग्ने बिश्वास लिएका छन ।
सेवा गर्ने भावना विद्यालय हेरेर होइन, आवश्यकता हेरेर हुनुपर्छ भन्दै संरक्षक मन्सूरले गरिब तथा विपन्न परिवारका बालबालिका बोर्डिङ स्कुलमा पढ्दैमा उनीहरू सहयोगका लागि योग्य हुँदैनन् भन्ने होइन ।
अभिभावक समेत रहेकि स्थानिय मनिषा चौधरीले
विद्यालय सरकारी होस् वा निजी, गरिबी त गरिबी नै हो भन्दै आर्थिक अभावका कारण आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिलाउन संघर्ष गरिरहेका अभिभावकका बालबालिकालाई सहयोग गर्नु पनि उत्तिकै पुण्यको काम हो भनेर निशुल्क कपडा बैंकको प्रसंशा गर्दै धन्यवाद दिईन । सहयोग पाउने बालबालिकाको विद्यालय होइन, उनीहरूको आवश्यकता र परिवारको आर्थिक अवस्था हेर्नुपर्छ अर्का अभिभावक धनन्जय लहेराले थपे ।
आखिर बालबालिकाको भविष्य उज्ज्वल बनाउनु नै हाम्रो उद्देश्य हो भने उनीहरू कुन विद्यालयमा पढ्छन् भन्ने आधारमा सहयोगमा विभेद नगर्न सबै दाता एवम सरकारका अङ्गहरुलाई अभिभावकहरुले आग्रह गरेका छन ।
मानवीयता विद्यालयको पर्खालभित्र सीमित हुनु हुँदैन। सहयोग गरौँ, तर आवश्यकता र वास्तविक गरिबीलाई प्राथमिकता दिऔँ भन्ने सबैको माग छ ।

कपडा प्राप्त गरेपछि बालबालिकाहरू खुसी देखिएका थिए। सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै गरिएको यस कार्यले विपन्न तथा असहाय बालबालिकालाई सहयोग पुग्ने विश्वास लिइएको छ।
निशुल्क कपडा बैंकले आगामी दिनमा पनि आवश्यकतामा रहेका व्यक्ति तथा बालबालिकालाई लक्षित गरी यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। बैंकले बाराका विभिन्न समाजिक अगुवा,राजनितीक ब्यक्तित्व,ब्यापारी,कपडा पसल सन्चालक सङ्ग समन्वय सहकार्य गरि सहयोग लिएर विभिन्न दलित बस्ती,गरिब बस्ती मा गएर निशुल्क कपडा को प्रदर्शनी सहित बितरण गर्दै आएको छ ।

कपडा बितरणको अवसरमा बिधालयका प्रधानाध्यापक बिरेन्द्र चौधरी,शिक्षकहरु माधुरी कुमारी गिरि,मङ्गिता कुमारी राम,अङ्गुरी प्रविण,आबिदा मन्सूरी, स्थानिय महिलाहरु,निशा देबि,कान्ति देबि,सन्जय चौधरी,जयलाल मन्डल,घनश्याम जयस्वाल, लगायतका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर