२० कार्तिक, बारा। बडा दसैँको विदालगत्तै नेपालीहरूको महान् पर्व तिहार घरदैलोमा आइसकेको छ। तिहारको पहिलो दिन आज श्रद्धा र उल्लासका साथ धन त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइँदैछ।

विशेष गरी दीपावलीको किनमेलका लागि आजको दिनलाई अत्यन्त शुभ तथा उत्तम मानिन्छ। परम्परागत जनविश्वास अनुसार, आजको दिन सुन, चाँदी, भाँडाकुँडा वा अन्य शुभ वस्तुहरू खरिद गरी घर भित्र्याएर लक्ष्मी पूजा गर्नाले माता लक्ष्मी प्रसन्न भई घरमा धनधान्य, सुख र समृद्धिको बास हुन्छ भन्ने मान्यता रहिआएको छ।

धनतेरशको आगमनसँगै बजारहरूमा किनमेल गर्ने मानिसहरूको भिडभाड बढेको छ भने घरघरमा दीपावलीको चहलपहल सुरु भएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर