१९ कार्तिक, बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ स्थित पथलैया चोकबाट करिब १ किलोमिटर उत्तरतर्फ रहेको जङ्गलको झाडीमा एक पुरुष अचेत अवस्थामा फेला परेका छन्।

प्रहरी चौकी पथलैया बाराका अनुसार आज बिहान करिब १० बजेको समयमा अन्दाजी ४२ वर्षीय पुरुष अचेत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले झाडीमा अचेत भेटिएका ती पुरुषको तत्काल उद्धार गरी उपचारका लागि नारायणी न्युरो अस्पताल, वीरगन्ज पठाएको छ।

अस्पतालमा उपचाररत रहेका ती व्यक्तिको हालसम्म नाम, थर र स्थायी ठेगाना खुल्न सकेको छैन। प्रहरीका अनुसार अचेत भेटिएका ती पुरुष गहुँगोरो वर्ण, करिब ५.५ फिट उचाइ, कालो कपाल भएका छन् भने उनले निलो रङको जिन्सको हाफप्यान्ट र खरानी (ग्रे) रङको टिसर्ट लगाएका छन्।

उक्त हुलिया भएका व्यक्तिलाई पहिचान गर्नुहुने महानुभाव वा निजका आफन्तजनहरूले जिल्ला प्रहरी कार्यालय बाराको सम्पर्क नम्बर १००, ९८५५०४५१०१ वा ९८५५०४८१०१ मा तत्काल सम्पर्क गरी सहयोग गरिदिन बारा प्रहरीले आग्रह गरेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर