साजिर मन्सूर
कलैया,कार्तिक २१
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कलैयाको आयोजनामा आध्यात्मिक सशक्तीकरणमार्फत आदर्श समाज निर्माण गर्ने उद्देश्यले तीनदिने विशेष आध्यात्मिक एवं प्रेरणादायी शिविर आयोजना हुने भएको छ । केन्द्र को सभा हलमा पत्रकार सम्मेलन गरि संस्थाकि सन्चालिका मिना दिदिले
विद्यार्थी, शिक्षक, महिला, जनप्रतिनिधि, समाजसेवी, उद्योगी, व्यापारी तथा राजयोगीहरूलाई लक्षित गरी विभिन्न विषयमा उत्प्रेरणामूलक प्रवचन तथा दिव्य कार्यक्रम सञ्चालन गरिने जनाएकी छन ।
कार्यक्रमअन्तर्गत मंसिर ४ गते शुक्रबार जिल्ला भरिका कक्षा १२ तथा क्याम्पस तहका विद्यार्थीहरूका लागि ‘Life is Beautiful’ शीर्षकमा उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन हुनेछ । सोही दिन शिक्षक तथा शिक्षिकाहरूका लागि ‘Teachers: Light House for Humanity’ विषयमा विशेष कार्यक्रम आयोजना गरिनेछ ।
त्यसैगरी मंसिर ५ गते शनिबार महिलाहरूका लागि ‘समाज परिवर्तनको मूल आधार–नारी’ विषयमा विशेष कार्यक्रम हुनेछ । सोही दिन जनप्रतिनिधि, समाजसेवी, उद्योगी, व्यापारी तथा राजयोगीहरूलाई लक्षित गरी ‘सफल जीवनको आधार–गीताको सार’ विषयमा दिव्य प्रवचन समारोह आयोजना गरिनेछ ।
तीनदिने कार्यक्रमको अन्तिम दिन मंसिर ६ गते आइतबार सम्मान समारोह एवं स्नेह मिलन कार्यक्रम आयोजना गरिने कार्यक्रम तालिकामा उल्लेख छ ।
शिविरमा रामायण तथा गीता ज्ञान विशेषज्ञ, अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता एवं वरिष्ठ राजयोग प्रशिक्षिका भारतको राजस्थानस्थित माउन्ट आबुबाट आउनुहुने परम आदरणीय डा. उषा दिदीले विशेष प्रवचन दिनुहुनेछ ।
त्यस्तै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी डा. राजदादी माँ, सहनिर्देशक ब्रह्माकुमारी किरण दिदी, वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार रामसिंह ऐर तथा मुख्य सञ्चालिका ब्रह्माकुमारी रविना दिदीलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।
कार्यक्रम कलैयास्थित ओम शान्ति टोलमा, राजदेवी मन्दिरदेखि पूर्व–उत्तर दिशामा रहेको स्थानमा सञ्चालन हुनेछ । पार्किङ्गका लागि श्री ३ चन्द्र माबिको अगाडी को खाली स्थानमा ब्यवस्थापन गरिएको छ ।
आध्यात्मिक ज्ञान, सकारात्मक सोच, नैतिक मूल्य र आत्मिक सशक्तीकरणमार्फत व्यक्ति, परिवार तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको शिविरमा सम्बन्धित सबैलाई सहभागी हुन ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कलैया क्षेत्रकी मुख्य सञ्चालिका ब्रह्माकुमारी मिना दिदिले आग्रह गर्नुभएको छ । प्रेस सम्मेलनमा बारा जिल्लाका विभिन्न सन्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर