बिश्वास सम्बादाता
सिमरा, कार्तिक ३०
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई नेपाली कांग्रेस क्षेत्रीय समिति बारा क्षेत्र नं. ४ ले भव्य स्वागत तथा सम्मान गरेको छ।
स्वागत कार्यक्रमकै अवसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल तथा समूहमा आबद्ध ३८५ भन्दा बढी नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टी सभापति गगन थापाले टीका लगाई खादा ओढाएर पार्टीमा स्वागत गरेका छन।
कार्यक्रममा ठूलो संख्यामा बारा पर्सा रौतहटका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। गगन थापाको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै नवप्रवेशीहरूले नेपाली कांग्रेसलाई थप सशक्त, संगठित र जनमुखी बनाउन आफूहरू पार्टीमा आबद्ध भएको बताएका छन्।
क्षेत्रीय समिति बारा–४ द्वारा आयोजित उक्त कार्यक्रमलाई जिल्लामा कांग्रेसको संगठन विस्तार र राजनीतिक सक्रियताका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। बारा ४ का प्रभावशाली समाजिक ब्यक्तित्व घन श्याम गिरिको नेतृत्वमा तथा अन्य स्थानिय नेताहरुको नेतृत्वमा गरि
३८५ भन्दा बढी नेता–कार्यकर्ताको पार्टी प्रवेशले बारा क्षेत्र नं. ४ मा नेपाली कांग्रेसको संगठनलाई थप बलियो भएको अपेक्षा गरिएको छ। सोही अवसरमा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य शशी दास समेत नेपाली काङ्ग्रेसका सभापति गगन थापाको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका छन । बारामा अत्यन्तै सकृय युवा नेताका रुपमा देखिएका दासको पार्टी प्रवेशले अन्य युवाहरु समेत हौसिने अपेक्षा युवाहरुले गरेका छन ।
गएको अधिवेशनबाट बारा ४ को सभापतिमा लोकेश सिंह चयन भए सङ्गै पार्टीमा अन्य दलबाट आउने नेताकार्यकर्ताहरुको संख्या बढ्दै गएको छ । सिंहले पार्टी प्रतिको आकर्षण बढाउन जनमैत्री गतिविधि बढाईएको बताएका छन ।
सभापति सिंहको अध्यक्षता एवम केन्द्रिय सभापति थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काङ्ग्रेस नेता फरमुल्लाह मन्सूर,केन्द्रिय सदस्यहरु डा.शोभाकर पराजुली,ममता शर्मा,सम्बिधान सभा सदस्य मधु शाही ठकुरी,जिल्ला सभापति मनोज भट्ट,काङ्ग्रेस नेता बिजय शंकर यादव,बारा २ का सभापति उपेन्द्र प्रसाद यदव,३ का सभापति प्रभात चौरसिया,काङ्ग्रेस नेतृ शोभा लामा,प्रीयन्का दास,महाधिवेशन प्रतिनिधिहरु लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
केन्द्रिय सदस्य मेघा शाहिले सन्चालन गरेको कार्यक्रममा स्वागत नगर सभापति रमेश पन्डितले गरेका थिए ।












