२मंसिर, बारा । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन रायलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई गाउँसभा सदस्यहरूको हस्ताक्षर कीर्ते गरेको गम्भीर आरोपमा नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गाउँसभाको माइन्युटमा सदस्यहरूको फर्जी हस्ताक्षर गरेर कागजात तयार पारिएको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।



सोही कीर्ते मुद्दाको अनुसन्धान तथा थप कानुनी प्रक्रिया अघि बढाउने क्रममा प्रहरीले अध्यक्ष रायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिएका छन्।
पक्राउ परेका अध्यक्ष रायलाई बुधबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी रहेको छ। अदालतमा पेस गरेपछि यस घटनासम्बन्धी आगामी कानुनी प्रक्रिया र अनुसन्धान अझै अगाडि बढाइने प्रहरीले जनाएको छ।









