कलैया । रौतहट मा सवारी दुर्घटनामा परी एक जना को मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका वडा नम्बर २ बस्ने सोनालाल चौधरी रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताउनु भयो ।
युपी ३५ एटी ४२७३ नम्वरको भारतीय नम्वरको ट्रकले ना ३५ प १८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक को मृत्यु भएको हो ।
चन्द्रनिगाहपुरबाट जुडिवेला स्थित घर जाने क्रममा चाँदीपुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिएको प्रहरी ले जनाएको हो । मोटरसाईकललाई ठक्कर दिने ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।







