साजिर मन्सूर
कलैया,असोज २
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई भव्य र सफल बनाउन नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिको विस्तारित बैठक सम्पन्न भएको छ। भोलि देखि बाराको १६७ वटा वडामा वडा अधिवेशन शुरु हुँदै गरेको एक दिन अगाडी आज कलैयास्थित करणराज होटलमा सम्पन्न बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशन, संगठन सुदृढीकरण तथा अधिवेशनको तयारीका विषयमा विस्तृत छलफल गरिएको थियो।
सहभागीहरूले महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र उत्साहपूर्ण रूपमा सम्पन्न गर्न स्थानीय तहदेखि नै संगठनलाई थप सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
बैठकमा वडा तथा स्थानीय तहका अधिवेशनको तयारी, कार्यकर्ताको सहभागिता, संगठन विस्तार तथा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ।
सोही अवसरमा केन्द्रिय प्रतिनिधिका रुपमा आएका मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद सापकोटाले सबैलाई निर्वाचन प्रक्रिया,आचारसंहिता लगायतका बारे निर्देशिका मा उल्लेख नियमहरु जानकारी गराएका थिए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सफल बनाउन जिल्लाका सबै तहका नेता तथा कार्यकर्ताबीच वडा तहबाट नै समन्वय र सहकार्य आवश्यक रहेकोमा बैठकका सहभागीहरूले जोड दिएका थिए।
बैठकले आजै देखि अधिवेशन केन्द्रित गतिविधिलाई थप तीव्रता दिने निष्कर्ष निकालेको छ।
जिल्ला सभापति मनोज भट्टको अध्यक्षता तथा केन्द्रिय सह महामन्त्री फरमुल्लाह मन्सूरको प्रमुख आतिथ्यमा बसेको बैठकमा केन्द्रिय सदस्यहरु मधु शाही ठकुरी,रामानन्द यादव,शम्भु बुढाथोकी,ममता शर्मा,सम्बिधान सभा सदस्यहरु डा.शोभाकर पराजुली,लालबाबु सिंह,प्रदेश कार्यवाहक सभापति चन्द्रशेखर यादव,जिल्ला उपसभापति अमिरी पाल,सचिव भैयाराम यादव,काङ्ग्रेस प्रभावशाली नेताहरु छेत्र नम्बर १ का सभापति बिजय शंकर यादव,३ का सभापति प्रभात चौरसिया,बारा ४ ख का सभापति लोकेश सिंह,महागढिमाई नपा मेयर उपेन्द्र प्रसाद यादव लगायत जिल्लाका अधिकान्स नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
पार्टी सचिव राजेश रौनियारले सन्चालन गरेको बिस्तारित बैठकमा स्वागत जिल्ला सदस्य एवम काङ्ग्रेस नेतृ प्रीयन्का दासले गरेकी थिईन ।












