साजिर मन्सूर
कलैया,असोज १९



समावेसी न्याय र समृद्ध समाजको दुर दृष्टि का साथ अगाडी बढिरहेको दलित जनजाति उत्थान केंद्र बाराको २२ औ बार्षिक साधारणसभा कलैयामा सम्पन्न भएको छ । करण राज पार्टी प्यालेसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नाथु साहले संस्थाको सफलताको कामना गर्दै संस्थाको प्रगतिको लागि र संस्था सङ्ग हातेमालो गरि काम गर्न सहकार्य गर्ने बताएका छन । धर्ती रहे सम्म संस्था ले प्रगति गरोस भनेर कामना पनि गरे । पछिल्लो ५ बर्ष देखि संस्था ले वैदेशिक रोजगारमा गएकाको लागि काम गरेको मा आफुहरु सन्तुष्ट भएको बताए । वैदेशिक रोजगारमा जानेको हकमा काम अझ राम्रो सङ्ग गर्न आफ्नो उपमहानगरपालिका सहकार्य गर्न तयार रहेको बताए ।
संस्थाका कोषाध्यक्ष हरिसन्कर रामले साधारणसभामा संस्थाको आय ब्यय बिवरण बारे जानकारी गराएका थिए ।
संस्थाको अध्यक्ष बबिता देवी रामको अध्यक्षतामा भएको कार्यक्रममा सामी हेल्भेटासको कार्यक्रम अधिकृत शिवचरण रौनियार, संस्थाका ओम प्रकाश ठाकुर,कलैया उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्य निजामुदिन हवारी,कुन्दन कुमार राम,कन्हैया ठाकुर,मनिष कुमार,प्रमशिला राम, उर्मिला कुमारी,सपना ठाकुर,रभावती देवी ठाकुर,सोनी कुमारी लगायतकाको उपस्थिति रहेको थियो ।
संस्थाका रामबाबु सिंहले सन्चालन गरेको कार्यक्रममा स्वागत ओमप्रकाश ठाकुरले गरेका थिए ।









