साजिर मन्सूर
कलैया,मङ्सिर ५
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयाको आयोजनामा पत्रकारहरूका लागि तनाव व्यवस्थापन, सकारात्मक सोच तथा आध्यात्मिक ज्ञानसम्बन्धी स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा भारतको माउन्ट आबुबाट आउनुभएकी रामायण तथा गीता ज्ञान विशेषज्ञ, अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता एवं वरिष्ठ राजयोग प्रशिक्षिका डा. उषा दिदीले पत्रकारहरूलाई तनाव व्यवस्थापन, मानसिक शान्ति र सकारात्मक जीवनशैलीका विषयमा प्रेरणादायी प्रवचन दिनुभएको थियो।
उहाँले पत्रकारिता पेसा चुनौतीपूर्ण र जिम्मेवारीपूर्ण रहेको उल्लेख गर्दै निरन्तरको व्यस्तता, समाचार संकलनको दबाब, प्रतिस्पर्धा तथा विभिन्न परिस्थितिका कारण पत्रकारहरूमा मानसिक तनाव उत्पन्न हुन सक्ने बताउनुभयो। तनावलाई सही ढंगले व्यवस्थापन गर्न आत्मचिन्तन, राजयोग ध्यान, सकारात्मक सोच र आत्मअनुशासन आवश्यक रहेको उहाँको भनाइ थियो।

डा. उषा दिदीले आध्यात्मिक ज्ञान, नैतिक मूल्य, आत्मविश्वास र जीवनमा सफलता प्राप्त गर्ने उपायबारे समेत आफ्ना अनुभव तथा ज्ञान साझा गर्नुभएको थियो। उहाँले मनलाई शान्त र सकारात्मक राख्न सके कठिन परिस्थितिमा पनि सही निर्णय लिन तथा व्यावसायिक जीवनलाई थप प्रभावकारी बनाउन सकिने सन्देश दिनुभयो।
कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य सिकेन्द्र पास्वानले व्यस्त र तनावपूर्ण पत्रकारिता जीवनमा मानसिक स्वास्थ्य, आत्मशान्ति र सकारात्मक सोचको महत्त्वबारे उपयोगी ज्ञान प्राप्त गरेको प्रतिक्रिया दिएका थिए।
यस्तै पत्रकार महासंघ बाराका पुर्व उपाध्यक्ष राकेश पान्डेले यो कार्यक्रमले पत्रकारहरूलाई आफ्नो व्यावसायिक जिम्मेवारीसँगै व्यक्तिगत जीवनमा पनि मानसिक शान्ति, सकारात्मकता र नैतिक मूल्यलाई आत्मसात् गर्न प्रेरणा दिएको बताए ।
कार्यक्रमका अवसरमा भारतको माउन्ट आबुबाट आउनुभएकी वरिष्ठ राजयोग प्रशिक्षिका डा. उषा दिदीसँग भेटघाट तथा सम्मानसमेत गरिएको थियो। ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयाको सन्चालिका मिना दिदिको पहलमा पत्रकारहरूसँग आयोजना गरेको उक्त स्नेह मिलन कार्यक्रम आध्यात्मिक ज्ञान र व्यावसायिक जीवनबीच सकारात्मक सम्बन्ध स्थापित गर्ने अवसरका रूपमा रहेको थियो।
कार्यक्रममा बाराका सकृय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर