बारामा एकजना काठ तस्कर पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका वडा नम्बर ५ तेतरियाका ४३ बर्षिय श्याम कुमार सहनी रहेका छन ।

डिभिजन बन कार्यालय बाराको टोलीले उनलाई पक्राउ गरेको हो ।

लामो समय देखि बन कार्यालयको फरार सुचिमा रहेका उनलाई पक्राउ गरिएको डिभिजन बन कार्यालय बाराका जमदार नागेन्द्र बैठाले जानकारी दिनुभयो ।

उनलाई बन कार्यालयको थुनुवा कक्षमा राखिएको जनाईएको छ ।

डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजिब कुमार झाका अनुसार उनलाई पक्राउ गर्न २०७९ भाद्र १२ गते पक्राउ पुर्जी जारी भएको थियो ।

तर त्यो बेला उनि पक्राउ पर्न सकेका थिएँन्न ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर