३१ भदौ, बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सागर आयल पेट्रोल पम्प नजिक मंगलबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

वीरगन्ज–पथलैया सडकखण्डको सर्भिस लेनबाट एक्सप्रेस–वेमा प्रवेश गर्दै गरेको ना.३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते भएका वीरगन्ज महानगरपालिका–१५ नगवाका ३५ वर्षीय रविन्द्र उपाध्याय र करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलीप चौधरीको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले ट्रक र चालक भरतपुर–७ का ५८ वर्षीय सुनिलराज पाठकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय सिमराले थप अनुसन्धान गरिरहेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर