२९ भदौ, बारा। बाराको कलैया उपमहानगरपालिका–५ बाल मन्दिरस्थित सडक खण्डमा मोटरसाइकल र इ-रिक्सा आपसमा ठोक्किएर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

अवधापुरबाट कलैयातर्फ आउँदै गरेको ना २० प ९२४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको म प्र ०३-००१ ह ६११३ नम्बरको इ-रिक्सा भदौ २६ गते साँझ ५:३० बजे आपसमा ठोक्किएका थिए।

दुर्घटनामा कलैया उपमहानगरपालिका–१७ निवासी २७ वर्षीय मोटरसाइकल चालक अमित पटेल गम्भीर घाइते भएका थिए। घाइते पटेलको राज लक्ष्मी अस्पताल कलैयामा प्रारम्भिक उपचारपछि कलेजा (लिभर) मा जटिल समस्या देखिएपछि थप उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो।

अस्पतालमा लिभरको शल्यक्रिया गरी उपचार भइरहेको अवस्थामा भदौ २८ गते राति १०:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर