२९ भदौ,बारा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बारा जिल्लाका ६ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको हेरफेर तथा सरुवा गरेको छ।
मन्त्रालयको निर्णयअनुसार बारामा कार्यरत अधिकृतहरूलाई अन्य निकाय तथा जिल्लामा पठाइएको छ भने अन्य पालिका एवं मन्त्रालयबाट नयाँ प्रशासकीय अधिकृतहरूलाई बाराका स्थानीय तहको जिम्मेवारी सुम्पिएको छ।
कुन पालिकामा को आए, को गए?



विश्रामपुरका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीलाई पर्साको जगरनाथपुर गाउँपालिका पठाइएको छ भने जगरनाथपुर गाउँपालिकाका सन्देश कुमार यादवलाई विश्रामपुर गाउँपालिकामा खटाइएको छ।
करैयामाईका नागेन्द्र यादवलाई भूमि व्यवस्थापन तथा अभिलेख विभाग काठमाडौँ सरुवा गरिएको छ भने उनको ठाउँमा महोत्तरीको भँगाहा नगरपालिकाबाट रमेश अधिकारी आएका छन्।
प्रसौनीका नविन कुमार श्रीवास्तवलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यरत पवन कुमार केशरीलाई प्रसौनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
देवतालका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन रायलाई परवानीपुर गाउँपालिकामा पठाइएको छ। देवताल गाउँपालिकामा रौतहटको बौद्धीमाई नगरपालिकाका उदय शंकर चौधरीलाई खटाइएको छ।
परवानीपुर गाउँपालिकामा कार्यरत मुन्ना साह रौनियारलाई फेटा गाउँपालिकामा सरुवा गरिएको छ।
फेटाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझालाई सिराहाको नवराजपुर गाउँपालिका सरुवा गरिएको छ।









